स्पेनिस ला-लिगामा रियल मड्रिडको शानदार जित, भिनिसियसको ह्याट्रिक

स्पेनिस ला-लिगामा रियल मड्रिडको शानदार जित, भिनिसियसको ह्याट्रिक

काठमाडौं : रियल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित दर्ता गरेको छ।

शनिबार राति भएको खेलमा भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा रियलले ओसासुनामाथि ४-० को फराकिलो जित हात पारेको हो।

रियलको जितमा भिनिसियसले ह्याट्रिक गर्दा जुडे बेलिघमको नाममा एक गोल रह्यो। खेलको पहिलो हाफमा २ गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्यो।

खेलको ३४औं मिनेटमा भिनिसियसको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। ४२औं मिनेटमा जुडको गोलमा रियलले अग्रता दोब्बर पारेको थियो।

तर, खेलको ६१ र ६९औं मिनेटमा भिनिसियसले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। रियलले सानदार जित दर्ता गरेको खेलमा एडर मिलिटाओले भने घुँडामा चोट बोक्न पुगे।

ब्राजिलका सेन्टर ब्याक उनको दाहिने घुँडामा चोट बोकेका थिए। उनको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ।

खेलपछि रियलले एक विज्ञप्ती जारी गर्दै उनको एसियल र मिनिस्कस गएको बताएको छ। उनको छिट्टै शल्यक्रिया हुनेछ।

कात्तिक २५, २०८१ आइतबार ०८:०१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।