२८ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका-४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ का गोकर्ण पराजुली रहेका छन्।
अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट १९ लाख ७० हजार रुपैयाँ र पराजुलीले आठ लाख १७ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।
अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
कात्तिक २५, २०८१ आइतबार ०७:३०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।