युएईले नेपाललाई दियो एक सय २३ रनको लक्ष्य
काठमाडौं : युएईमा जारी यु-१९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा नेपाललाई घरेलु टोलीले जितका लागि एक सय २३ रनको लक्ष्य दिएको छ।
युएईको अजमानमा टस जितेर ब्यटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो।
युएईका लागि रनिथा रजिथाले ३३ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४८ रन जोड्दा ओपनर लाभन्या केन्यले ३२ बलमा २० बनाइन्।
इदुजा नन्दकुमारीले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि रिया शर्माले ३ तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान एक-एक विकेट लिए।
दुवै नेपाल र यूएईले यसअघि खेलमा थाइल्यान्ड र कुवेतलाई हराएका थिए।
कात्तिक २४, २०८१ शनिबार १३:००:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।