पाकिस्तानमा रेल स्टेशनमा विस्फोट हुँदा १६ जनाको मृत्यु, ३० जना घाइते
एजेन्सी : पाकिस्तानको बलुचिस्तानको क्वेटा शहरको रेलवे स्टेशनमा शनिबार बिहान बम विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्।
स्थानीय समाचार संस्था डनलाई जानकारी दिँदै क्वेटाका एसएसपी अपरेसन मोहम्मद बलोचले भने, ‘१६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।’
‘क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल पर्खिरहेका बेला स्टेशनमा विष्फोट भएको थियो। विस्फोटको समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए’, उनले थप बताए।
मुहम्मद बलोचका अनुसार घाइतेहरूलाई सिभिल अस्पताल, क्वेटाको ट्रमा सेन्टरमा रिफर गरिएको छ। विष्फोटको कारण भने खुल्न सकेको छैन।
विस्फोटको समयमा स्टेशनमा एक सय भन्दा बढी मानिस थिए। ती प्रहरी अधिकारीका अनुसार यो आत्मघाती विस्फोट हुनसक्छ।
कात्तिक २४, २०८१ शनिबार ११:०८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।