बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं : बागलुङको ढोरपाटन नगरपालिका- ३ टारीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको दुर्घटनामा ढोरपाटन नगरपालिका-३ पुर्कोट निवासी जीप चालक किसान विकको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खिमबहादुर सुनारले जानकारी दिए।
टारीस्थित खेतमा धान लिन गएको लु १ च ६९३८ नम्बरको पिकअप जीप ब्याक गर्ने क्रममा १०० मिटर तल तमानखोलामा खसेको थियो। जीपमा चालक मात्रै सवार रहेको प्रहरीले जनाएको छ।
कात्तिक २४, २०८१ शनिबार १०:३५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।