पाकिस्तानको पञ्जाबमा वायु प्रदूषण उच्च : सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध, कृत्रिम वर्षा गराउने तयारी

पाकिस्तानको पञ्जाबमा वायु प्रदूषण उच्च : सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध, कृत्रिम वर्षा गराउने तयारी

एजेन्सी : पाकिस्तानको पञ्जाबमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र संग्रहालय जस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ।

पञ्जाबमा धुवाँ बढेसँगै वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ। यसका साथै नोभेम्बर १७ सम्म सबै विद्यालय र कलेज बन्द गरिएको छ।

लाहोरमा बिहीबार धुवाँको बाक्लो तह थियो। यस अवधिमा शहरको वायु गुणस्तर सूचक पनि एक हजार एक्यूआई पुगेको थियो, जुन एकदमै खतरनाक हो।

जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक स्थलमा अनावश्यक रूपमा बाहिर निस्कन निषेध गरेको छ।

पञ्जाब सरकारले शुक्रबार जारी गरेको आदेशमा लाहोर, गुर्जनवाला, फैसलाबाद, मुल्तान, शेखुपुरालगायत १२ अन्य सहरमा यो प्रतिबन्ध १७ नोभेम्बरसम्म लागू रहने बताइएको छ।

सरकारले विद्यालय र कलेज बन्द गरिसकेको छ। लाहोर सहित १८ जिल्लाका सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्न भनिएको छ।

पञ्जाब सरकारले गत हप्ता मात्र धुवाँको बारेमा चिन्ता व्यक्त गरेको थियो। यसबाहेक लाहोरका धेरै क्षेत्रमा ग्रिन लकडाउन पनि लागू गरिएको थियो।

यसका साथै सरकारले प्रदेशमा कृत्रिम वर्षा गर्ने पनि विचार गरिरहेको छ। तर, यसको मिति भने तय भएको छैन।

कात्तिक २४, २०८१ शनिबार १०:१३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।