ट्रम्पको हत्याको षड्यन्त्र गरेको आरोपमा इरानी र अफगानी नागरिकविरुद्ध मुद्दा दर्ता

ट्रम्पको हत्याको षड्यन्त्र गरेको आरोपमा इरानी र अफगानी नागरिकविरुद्ध मुद्दा दर्ता

एजेन्सी : डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नुअघि उनको हत्याको षड्यन्त्र गरेको अभियोगमा अमेरिकी सरकारले एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ।

अमेरिकी सरकारका अनुसार ट्रम्पको हत्याको षडयन्त्र इरानमा रचिएको थियो। यस मुद्दामा प्रहरीले एक अफगान नागरिक विरुद्ध अभियोग लगाएको छ।

अमेरिकी न्याय मन्त्रालयले शुक्रबार ५१ वर्षीय फरहाद साकेरीविरुद्ध आरोपपत्र जारी गरेको छ। उक्त अभियोगमा अफगान नागरिकलाई ट्रम्पको हत्याको योजना बनाएको आरोप लगाइएको थियो।

अमेरिकी सरकारले फरहाद साकेरीलाई अहिलेसम्म पक्राउ नगरेको बताएको छ। शकेरी हाल इरानमा रहेको अनुमान गरिएको छ।

म्यानहट्टन अदालतमा दायर गरिएको आपराधिक उजुरीमा इरानको रिभोलुसनरी गार्ड्सका एक अधिकारीले सेप्टेम्बरमा शकरीलाई ट्रम्पमाथि निगरानी राख्न र उनको हत्या गर्ने योजना बनाउन निर्देशन दिएको आरोप लगाइएको छ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले एक विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकी सरकारले डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्र रचेको र यसमा संलग्नहरूलाई निर्देशन दिएको आरोपमा एक इरानी व्यक्तिलाई अभियोग लगाएको छ।’

यसबाहेक न्याय विभागले यस मुद्दामा थप दुई जनाविरुद्ध पनि मुद्दा दायर गरेको छ। जसलाई इरानको मुखर आलोचक अमेरिकी पत्रकारको हत्या गर्न भर्ती गरिएको बताइएको छ।

बिहीबार उनलाई न्यूयोर्कको अदालतमा पेश गरिएको थियो। हाल दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कात्तिक २४, २०८१ शनिबार ०९:४६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।