कर्णाली याक्सको जर्सी सार्वजनिक
काठमाडौं : कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ।
मार्की खेलाडी सोमपाल कामी र फेस अफ कर्णालीकी कलाकार स्वस्तिका खड्काले शुक्रबार संयुक्त रूपमा आयोजित कार्यक्रममा जर्सी सार्वजनिक गरेका हुन्।
हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले सार्वजनिक गरेको जर्सी कर्णाली प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कनेअनुरूप छ।
जर्सीमा हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी नीलो रङ तथा कर्णालीमा पाइने याकको प्रतीक छ।
मंसिर १५ गतेदेखि शुरू हुने लिग आगामी पुस पहिलो सातासम्म जारी रहनेछ। लिगको प्रत्यक्ष प्रसारणका लागि स्टार स्पोर्ट्ससँग कुराकानी भइरहेको ब्रान्ड लजिकलाई उद्धृत गर्दै क्यानले जनाएको छ।
कात्तिक २४, २०८१ शनिबार ०८:४७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।