पेटको क्यान्सरले ३० वर्षमै टेबल टेनिस खेलाडी सेलिशाको निधन
काठमाडौँ : नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको निधन भएको छ। उनी लामो समयदेखि पेटको क्यान्सरले पीडित थिइन्।
टेबल टेनिस प्रशिक्षक राकेश महर्जनका अनुसार शुक्रवार उनको निधन भएको हो। उनका अनुसार सेलिशा ३० वर्षकी थिइन्। उनको शुक्रवारै कीर्तिपुरमा अन्त्यष्टी गरियो।
सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेलेकी थिइन्।
यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई कांस्य पदक दिलाएकी थिइन्।
कात्तिक २३, २०८१ शुक्रबार २१:५७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।