उप-निर्वाचनका लागि एमाले बागमतीले उम्मेदवारको नाम टुङ्ग्यायो

उप-निर्वाचनका लागि एमाले बागमतीले उम्मेदवारको नाम टुङ्ग्यायो

काठमाडौँ : स्थानीय तहको उप-निर्वाचनका लागि एमाले बागमती प्रदेश कमिटीले उम्मेदवारको नाम टुङ्ग्याएको छ। शुक्रवार बसेको प्रदेश कमिटीको सचिवालय बैठकले बागमती प्रदेशका रिक्त पदका उम्मेदवार टुङ्गो लगाएको हो।

बैठकले जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारकै नाम सर्वसम्मत गरेको थियो। शुक्रवारको बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर, काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मङ्सिर १६ मा उपनिर्वाचन हुँदैछ।

कात्तिक २२, २०८१ शुक्रबार २०:३८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।