चीनका राजदूत सोङले भने ‘ कोरला नाका सञ्चालनका लागि चीन सरकार तयार छ’

चीनका राजदूत सोङले भने ‘ कोरला नाका सञ्चालनका लागि चीन सरकार तयार छ’

पर्वत : नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताए। सोङले नेपालको सडक, विद्युत्, शिक्षा क्षेत्रको सुधारमा सहकार्य गरिने बताए।

पर्वतको फलेवास नगरपालिकास्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध निरन्तर सुमधुर रहेको बताए।

हिमाल र नदीले जोडिएका नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएको उनले बताए।

राजदूत सोङले कोरला नाका सञ्चालनका लागि चीन सरकार तयार रहेको बताए। कोरला नाकामा नेपालतर्फ पनि पूर्वाधार निर्माणमा चीन सरकारले सहयोग गर्दै आएको बताउँदै उनले नाका सञ्चालनपछि दुई देशको सम्बन्ध अझै बढ्दै जाने बताए।

उनले भवानी विद्यापीठ माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सहयोगको घोषणा गरेका थिए। विद्यालयले भौतिक पूर्वाधार निर्माणका लागि ५० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी नेपाल सरकारमार्फत दूतावासमा पेस गरेको छ।

कात्तिक २३, २०८१ शुक्रबार १९:३७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।