दुबई लैजाने भनेर १९ लाख लिएर फरार धादिङका सञ्जीव तारकेश्वरमा समातिए

काठमाडौँ : आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा सञ्जीव गुरुङ पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई लैजाने भन्दै झुक्याएर सम्पर्क विहीन भएको आरोपमा पक्राउ गरेको हो।
उनी विरुद्ध वैदेशिक रोजगार ठगीमा जाहेरी परेको आधारमा प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो।
तीन जना व्यक्तिबाट १९ लाख लिएर ठगी गरेको उनीमाथि आरोप छ। प्रहरीले उनलाई पक्राउ गरेर वैदेशिक रोजगार विभाग बुझाएको कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।
कात्तिक २३, २०८१ शुक्रबार १८:२५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।