मुझानाबाट १ सय १२ बोरा अवैध चिनी बरामद, सशस्त्र प्रहरी र राजश्व टोलीमाथि ढुंगामुढा प्रहार

मुझानाबाट १ सय १२ बोरा अवैध चिनी बरामद, सशस्त्र प्रहरी र राजश्व टोलीमाथि ढुंगामुढा प्रहार

बुटवल : रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुझानाबाट कार्तिक २२ गते सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ।

भारतबाट अवैध रूपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो।

बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेका थिए।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरवितर पारी बरामद चिनी राजश्व अनुसन्धन कार्यालय बुटवलमा बुझाइएको छ।

उक्त भिडले ढुंगामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाइते हुनुको साथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लुम्बिनीको गाडीमा समेत क्षती पुगेको छ।

कात्तिक २३, २०८१ शुक्रबार १३:३८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।