नोभेम्बर ११ देखि २१ सम्म ‘दराज ११.११’ हुँदै, ८० प्रतिशतसम्म छुट

नोभेम्बर ११ देखि २१ सम्म ‘दराज ११.११’ हुँदै, ८० प्रतिशतसम्म छुट

काठमाडौं : नेपालकै अग्रणी ई-कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना गर्दैछ। नेपालमा वर्षकै ठूलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ।

बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्यास सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र तीन करोड रुपैयाँसम्मका भौचरहरूका साथै अविश्वसनिय छुट लगायत सुविधाहरू समेत उपलब्ध हुनेछन्।

‘ग्राहकहरूको वर्ष भरीको प्रतिक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकहरूलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ,’ प्रबन्ध निर्देशक आँचल कुँवरले बताए, ‘यस सेलले ग्राहकहरूका लागि अप्रत्याशित छुटहरू उपलब्ध गराउनुका साथै हजारौं स्थानीय बिक्रेताहरूलाई आफ्ना पृथक उत्पादनहरू प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ।’

विविध सामग्रीहरूका विस्तृत श्रृंखला र ब्राण्डेड उत्पादनहरू मध्य विशाल छनौटको अवसरसँगै, दराज ११.११ किनमेलको लागि एक अतुलनिय गन्तव्य हो। यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्राण्ड पार्टनरहरू राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन्।

प्लेटिनम पार्टनरहरूमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन्। साथै, गोल्ड ब्राण्ड पार्टनरहरूमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन्।

यसैगरी, दराजले १० ओटा बैंक र २ ओटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत दुई हजार ५०० सम्मको छुटहरू प्रदान गर्ने व्यवस्था पनि गरेको छ। यी बैंकका डेबिट कार्डहरू मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम दुई हजारसम्म, प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ। साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुट, अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

ग्राहकहरू नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंक मार्फत छुट पाउन सक्नेछन्। त्यस्तै, आफ्नो इ-सेवा र आईएमई पे वालेट मार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन्।

यी रोमाञ्चक अफरहरूका साथै, यस अभियान मार्फत दैनिक रूपमा ११ रुपैयाँ, एक सय ११ रुपैयाँ र एक हजार एक सय ११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन्। खरिदकर्ताहरूले छ सय ९९ रुपैयाँ, नौ सय ९९ रुपैयाँ र एक हजार नौ सय ९९ र दुई हजार नौ सय ९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन्।

साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा तीन हजार पाँच सय रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको तीन लाख ५० हजार रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन्। थप पाँच जना ग्राहकले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नेछन्।

कात्तिक २२, २०८१ शुक्रबार १३:३४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।