नेपाल र भारतको संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

नेपाल र भारतको संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

इनरुवा : सुनसरीस्थित सशस्त्र प्रहरी बल-४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ।

सशस्त्र प्रहरी बल-४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएनभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो।

टोलीले सीमास्तम्भ एक सय ८२ देखि दुई सय ११ नम्बरसम्म निरीक्षण गरेको उनले बताए।

कात्तिक २३, २०८१ शुक्रबार १०:३९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।