निसानद्वारा खर्च कटौती घोषणा, नौ हजार कर्मचारीले रोजगारी गुमाउने

निसानद्वारा खर्च कटौती घोषणा, नौ हजार कर्मचारीले रोजगारी गुमाउने

एजेन्सी : जापानी कार निर्माता कम्पनी निसानले खर्च कटौतीको ठूलो घोषणा गरेको छ।

खर्च कटौती घोषणा अन्तर्गत करिब नाै हजार कर्मचारीले जागिर गुमाउने बीबीसीले जनाएको छ।

विश्वव्यापी उत्पादन समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।

विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको छ।

‘यी परिवर्तनहरूले कम्पनी आफैँ संकुचित हुँदैछ भन्ने होइन,’ निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले भने, ‘निसानले पनि आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउनको लागि पुनर्संरचना शुरू गर्नेछ।’

कात्तिक २३, २०८१ शुक्रबार ०९:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।