क्यानडाद्वारा अस्ट्रेलियाको समाचार च्यानलमाथि प्रतिबन्ध
एजेन्सी : क्यानडाले अस्ट्रेलिया टुडे नामक एक अस्ट्रेलियाली न्यूज च्यानल र यसका सामाजिक सञ्जाल ह्यान्डलहरूमाथि प्रतिबन्ध लगाएको छ।
यो च्यानलले अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरको पत्रकार सम्मेलन टिभीमा देखाएको थियो। जयशंकरले बिहीबार अस्ट्रेलियाका विदेशमन्त्रीसँग पत्रकार सम्मेलन गरेका थिए।
यस सम्मेलनमा जयशंकरले निज्जर प्रकरणमा ठोस प्रमाण बिना नै भारतलाई आरोप लगाएकोमा क्यानडाको आलोचना गरेका थिए।
यस क्रममा जयशंकरले क्यानडाले भारत विरोधी तत्वहरूलाई राजनीतिक स्थान दिएको आरोप लगाएका थिए। उनले क्यानडामा भारतीय कूटनीतिज्ञहरूको निगरानीको पनि निन्दा गरे।
भारतीय विदेश मन्त्रालयले क्यानडाको यो कदमलाई कपटको संज्ञा दिएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विदेशमन्त्री जयशंकरको पत्रकार सम्मेलनको केही घण्टापछि नै क्यानडाले यस्तो गरेको बताए।
कात्तिक २३, २०८१ शुक्रबार ०८:३८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।