नारायणगढ-मुग्लिन सडकमा बस र ईभी जुध्दा चार जनाको मृत्यु, छ जना घाइते
चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान तीन बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ईभी र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा ईभीमा सवार चार जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुष रहेका छन्।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
कात्तिक २३, २०८१ शुक्रबार ०७:२६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।