नेपालले कुवेतलाई दियो एक सय ३१ रनको लक्ष्य

नेपालले कुवेतलाई दियो एक सय ३१ रनको लक्ष्य

काठमाडौं : नेपालले आईसीसी यु१९ टी२० महिला विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ।

युएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३० रनको योगफल तयार गरेको छ।

नेपालका लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौकाको मद्दतमा ३४, ओपनर साना प्रविनले १८ बलमा ५ चौकाको सहयोगमा २५ तथा ज्योत्सिका मरासिनीले १८ बलमा २३ रन जोडिन्।

अलिशाकुमारी यादवले १० बलमा १५ तथा सोनी पाख्रिन र सावित्री धामीले समान ६ रन बनाए। कुवेतका लागि अयशा एकवालले २ तथा जिफ जिलानी र अमिशा रामले समान १ विकेट लिए।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो। कुवेत भने पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

४ टोलीको सहभागिता रहेको छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।

कात्तिक २२, २०८१ बिहीबार १३:०८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।