यु१९ टी२० महिला विश्वकप एसिया छनोट : कुवेतविरुद्ध नेपालले टस जित्यो
काठमाडौं : आईसीसी यु१९ महिला टी२० विश्वकपको एसिया छनोटको दोस्रो खेलमा कुवेतविरुद्ध नेपालले टस जितेको छ।
युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट क्रिकेट स्टेडियमा नेपालकी कप्तान पुजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन्।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाली महिला टोलीले थाइल्यान्डलाई ६७ रनले हराएको थियो।
उक्त खेलमा नेपालकी कप्तान पुजा महतो प्लेयर अफ दि म्याच बनिन्।
४० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाएकी पूजाले बलिङतर्फ तीन ओभरमा १५ डट राख्दै ३ रन खर्चिएर २ विकेट लिएकी थिइन्।
कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्यान्डको सहभागिता छ।
कात्तिक २४ गते घरेलु टोली युएईसँग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ।
पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ।
४ टोली सहभागी छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।
कात्तिक २२, २०८१ बिहीबार ११:२०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।