एमालेले सार्वजनिक गर्‍यो कीर्तिपुरको नगरप्रमुख र दुई वडाध्यक्षको नाम

एमालेले सार्वजनिक गर्‍यो कीर्तिपुरको नगरप्रमुख र दुई वडाध्यक्षको नाम

कीर्तिपुर : एमालेले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा. सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो।

बिहीबार भएको घोषणासभामा नगर प्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए।

निर्वाचन मंसिर १६ गते हुनेछ।

कात्तिक २२, २०८१ बिहीबार ११:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।