ट्रम्पको जितमा इरानी प्रतिक्रिया- ‘ह्वाइट हाउसमा जो बसे पनि हाम्रो लागि एउटै हो’
एजेन्सी : अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ।
बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई खारेज गरिन्।
इरान र इजरायलबीच अहिले तनाव छ।
इरानी सरकारका प्रवक्ताले भनिन्, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन। अमेरिका र इरानमा सरकार परिवर्तनले खासै परिवर्तन हुनेवाला छैन। ह्वाइट हाउसमा जो बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन।’
सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए।
इरान र अमेरिकाबीच परमाणु सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो।
समाचार एजेन्सी एपीसँग कुरा गर्दै तेहरानका एक विद्यार्थीले ट्रम्पको विजयमा भने, ‘ट्रम्पले इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने कुरामा कुनै शंका छैन।’
इरानी विद्यार्थीले भने, ‘हाम्रो पक्षमा नभएका कुराहरू झन् खराब हुनेछन्। यसले हाम्रो अर्थतन्त्र र सामाजिक अवस्थालाई असर गर्नेछ।’
कात्तिक २२, २०८१ बिहीबार ०८:३३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।