अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि बोल्यो चीन

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि बोल्यो चीन

एजेन्सी : चीनको विदेश मन्त्रालयले डोनाल्ड ट्रम्पलाई अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा बधाई दिएको छ।

आफ्नो आधिकारिक ‘एक्स’ खाताबाट बुधबार एक पोस्टमा चीनको विदेश मन्त्रालयले लेखेको छ, ‘हामी अमेरिकी जनताको चुनावलाई सम्मान गर्छौं र डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिन्छौँ।’

चिनियाँ विदेश मन्त्रालयले अमेरिकाप्रति चीनको नीति भविष्यमा पनि अहिलेजस्तै जारी रहने स्पष्ट पारेको छ।

उसले आफ्नो पाेस्टमा थपेको छ, ‘हामीले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै देशको हितको सिद्धान्तमा हाम्रो द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिनेछौँ।’

नोभेम्बर ५, २०२४ को अमेरिकी राष्ट्रपति चुनावको परिणाममा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि चीनले यो प्रतिक्रिया दिएको हो।

अमेरिकी इतिहासमा राष्ट्रपति चुनाव हारेपछि ह्वाइट हाउस फर्किएको यो दोस्रो पटक हो।

अमेरिकामा अहिलेसम्म कुनै महिला राष्ट्रपति बन्न सकेको छैन। ट्रम्पसँगको हारपछि कमला ह्यारिस पनि यो परम्परा तोड्न असफल भएकी हुन्।

कात्तिक २२, २०८१ बिहीबार ०८:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।