कार्यक्रममा ढिला आउँदा जोकर बनेकी अभिनेत्री गरिमा ट्वाँ परेर बसिरहिन्
काठमाडौँ : आफै अतिथि भएको कार्यक्रम सकिएपछि पुग्नेलाई के गर्ने? बुधवार यस्तै गर्दा राम्रै सजाय पाइन् अभिनेत्री गरिमा शर्माले। कात्तिक ३० मा रिलिजको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ मा उनी पनि कलाकार भएकाले ट्रेलर रिलिज कार्यक्रममा उनी पनि अतिथि थिइन्। ट्रेलर २ पटक हेरिसक्दा पनि उनी आइपुगिनन्। निकै ढिला आइन्।
दरबारमार्ग स्थित राइजिङ मलको हलमा साँझ ५ बजे पत्रकारलाई बोलाइएको थियो। ढिला भएकोमा माफी पनि मागिन्। ट्रेलर हेरिसकेपछि अगाडि कुर्सीमा अभिनेत्री नीता ढुङ्गाना फिल्मका निर्देशक चन्द्र पन्त, निर्माता तथा अभिनेता हरिहर अधिकारीसँगै गरिमा पनि मिसिइन्।
चन्द्र पन्तदेखि नीता ढुङ्गानासम्मलाई फिल्मको लगानी कति पुग्योसम्मका प्रश्न गरिए। नीताले अहिलेसम्म ६ करोड पुगेको दाबी गरिन्।
निर्देशक पन्तले फिल्मका केही क्लिप अर्कै फिल्मबाट चोरीको आरोपसम्म भन्न भ्याए। केहीले क्लिप चोरिएको कुरा लेखे पनि पछि केही पत्रकारले केही मिल्दैमा केही हुन्न भनेको प्रसङ्गसम्म भन्न भ्याए।
माहौल तातिएको थियो। तर नीताको छेउमा बसेकी गरिमालाई न कसैले प्रश्न नै सोधे न निर्माण टिमले बोल्न नै दिए। उनी ट्वाँ परेर बसिरहिन्। कसैले वास्तै नगरेपछि कार्यक्रम हलबाट बाहिरिएकी उनी बाहिर भने केही यूट्युवरसँग गफ गर्दै गरेको देखिएकी थिइन्।
कात्तिक २१, २०८१ बुधबार २३:३२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।