राष्ट्रपति पौडेलले ट्रम्पलाई बधाई दिए
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका छन्।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत ऐतिहासिक जित हासिल गरेकोमा ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरे।
उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
हिजो भएको निर्वाचनमा वर्तमान उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रेट उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
कात्तिक २१, २०८१ बुधबार २२:०६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।