रूपन्देहीको सैनामैनाबाट तिहारमा तास खेलिरहेका २० जना जुवाडे पक्राउ
बुटवल : रूपन्देहीको सैनामैनाबाट २० जना जुवाडे पक्राउ परेका छन्। तिहारको अवसरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरि कार्वाहीका लागी अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता लक्ष्मी खनालले जानकारी दिइन्।
इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले विशेष सूचनाको आधारमा नगदसहित उनीहरूलाई पक्राउ गरिएको हो।
रुपन्देही सैनामैना वडा नम्बर -११ र वडा नम्बर -८ बाट तास खेलिरहेको अवस्थामा एक समूहको खालबाट १ लाख ७५ हजार १ सय ८५ र अर्को समूहबाट ४९ हजार ९ सय रूपियाँ नगदसमेत बरामद गरिएको छ।
घटना अनुसन्धानमै भएकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।
कात्तिक २१, २०८१ बुधबार १९:५८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।