अमेरिकी मतदाताले ‘पहिलो महिला राष्ट्रपती’को रेकर्ड छाडेर फौजदारी अभियोगका दोषीलाई राष्ट्रपतीमा रोजे

अमेरिकी मतदाताले ‘पहिलो महिला राष्ट्रपती’को रेकर्ड छाडेर फौजदारी अभियोगका दोषीलाई राष्ट्रपतीमा रोजे

काठमाडौँ  एक फौजदारी अभियोगमा दोषी अनि दुई वटा महाअभियोग लागे पनि डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा ह्वाइट हाउस फर्किए।

रिपब्लिकनबाट राष्ट्रपतिको उम्मेदवार बनेकी कमला ह्यारिसलाई उनले सहजै पराजित गरे। ट्रम्पले निर्वाचनको प्रचारमा मुद्रास्फीति नियन्त्रण गर्नेआप्रवासीहरूमाथि कडाइ र द्वन्द्वको अन्त्यको दाबी गरेका थिए। मतदाताले उनको दाबी पत्याउँदै एक विवादित पृष्ठभूमिका व्यक्तिलाई सरकारको चलाउने जिम्मेवारी दिए।

उनीमाथि दुई महाअभियोगचार फौजदारी अभियोग, र एकमा त दोषी नै ठहर भयो। दुई पटकको हत्या प्रयासमा बाँचेका उनी सत्ता फिर्ता लिन सफल भए। उनी राष्ट्रपति भए तानाशाह हुनेछन् अनि फाँसीवाद भित्र्याउने दाबी गरियो। तर त्यसले मतदातालाई छोएको देखिएन।

गर्भपतनको अधिकार, पुस्तागत परिवर्तन लगायतसँगै ट्रम्पको पृष्ठभूमिलाई ह्यारिसले चुनावी मुद्दा बनाएकी थिइन् जुन काम लागेन। ट्रम्पलाई खतरनाक र अस्थिर चित्रण गरे पनि अन्तमा मतदाताको रोजाइमा उनी नै परे।

वर्तमान उपराष्ट्रपतिको रूपमा जे वाइडेनको नीतिको सिकार उनी पनि भइन्।

 बढ्दो मूल्य र इजरायल र गाँजा अनि रुस र युक्रेनको द्वन्द्वमा अमेरिकी सरकारको भूमिकाट्रान्सजेन्डरको स्वास्थ्य सेवा अनि वामपन्थी विचारधारा बोक्ने उम्मेदवार भन्दै लागेको आरोप ह्यारिसले चिर्न सकिनन्।

ट्रम्पले उनलाई व्यक्तिगत रूपमा अपमान गर्दै जातीय रूढिवादीसँगै महिला भएकोमा लैङ्गिक विभेदका अभिव्यक्तिहरू समेत दिएका थिए। त्यसले मतदातामा कुनै नकारात्मक असर परेन।

मतदाताहरूले देशको पहिलो महिला राष्ट्रपतिको इतिहास रच्नुको साटो ट्रम्पलाई नै रोजे। अमेरिकी मतदाताले ट्रम्पलाई जिताउँदै अहिलेसम्मकै सबैभन्दा वृद्ध राष्ट्रपतिको इतिहास निर्माण गरे। ट्रम्प ७८ वर्षका हुन्।

उनीमाथि २०२० को चुनावमा बाइडेनसँग हारेपछि नतिजा उल्टाउने असफल प्रयास गरेको अभियोग छ। जालसाजीका ३४ गम्भीर आरोपमा उनी दोषी ठहर भएर नोभेम्बर २६ मा सजाय सुनाउने तालिका थियो। अब राष्ट्रपतिको रूपमाट्रम्पले आफू विरुद्धका धेरै फौजदारी मुद्दालाई रोक्न सक्नेछन्।

कात्तिक २१, २०८१ बुधबार १९:५३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।