कोशी प्रदेशका मन्त्री अधिकारीले नैतिकताको आधारमा राजीनामा दिए
विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
मन्त्री अधिकारी गत जेठ ४ मा प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए।
कात्तिक २१, २०८१ बुधबार १४:५१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।