ट्रम्पको जित निश्चित, विजयी भाषणमा भने- ‘हामीले असम्भवलाई सम्भव बनायौँ’

ट्रम्पको जित निश्चित, विजयी भाषणमा भने- ‘हामीले असम्भवलाई सम्भव बनायौँ’

एजेन्सी : अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सात राज्यमा मतगणना बाँकी छ। 

हालसम्म ४३ प्रदेशको नतिजा आएको छ। जसमध्ये २७ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १५ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएका छन्।

एउटा राज्य माइनमा दुवै दलले एक-एक सिट पाएका छन्। उनले ५३८ सिटमध्ये २६७ सिट पाएका छन् भने कमलाले २१४ सिट पाएकी छन्। तर, बाँकी ७ राज्यमध्ये ६ राज्यमा ट्रम्पको अग्रता छ।

यस्तो अवस्थामा कडा टक्कर दिए पनि कमला चुनाव हार्ने संघारमा छिन्। चुनावमा जित पक्का भएपछि ट्रम्पले अमेरिकी जनतालाई धन्यवाद दिएका छन्।

ट्रम्पले भनेका छन्, ‘मानिसहरूले असम्भव भनेका कुरा हामीले गरेका छौँ।’

ट्रम्पले देशका सबै समस्या समाधान गर्ने बताएका छन्। उनले अमेरिकालाई फेरि एकपटक महान् बनाउने बताएका छन्।

‘अलास्का, नेभाडा र एरिजोनामा जित्नु मेरो लागि ठूलो कुरा हो। यो अविश्वसनीय छ,’ उनले भने, ‘म अमेरिकी जनताको परिवार र उनीहरूको भविष्यका लागि लड्नेछु। आगामी ४ वर्ष अमेरिकाका लागि महत्वपूर्ण छन्।’

कात्तिक २१, २०८१ बुधबार १३:३९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।