ग्लोबल आइएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ।
उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५०० सय रुपैयाँ क्यासब्याक पाउनेछन्।
बैंकका ग्राहकहरू तथा ग्राहक परिवारका सदस्यहरूले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा ‘फ्लाइयती’ प्रोमो कोड प्रयोग गरी पाँच सय रुपैयाँ क्यासब्याक पाउनेछन्।
ग्राहकहरूले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन्। यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने छ।
ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ।
कात्तिक २१, २०८१ बुधबार १३:००:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।