जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बाँके : १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २४ वर्षीय संदिप कुमार थारू रहेका छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
थारूले ती किशोरीलाई कात्तिक १९ गते राति सोही ठाउँस्थित खेतमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
किशोरीको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ भने यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक २१, २०८१ बुधबार १२:४७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।