मतगणनाकै बीचमा कमला ह्यारिसले रद्द गरिन् सम्बोधन

मतगणनाकै बीचमा कमला ह्यारिसले रद्द गरिन् सम्बोधन

एजेन्सी : अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउँदा कमला ह्यारिसले आज हुने भनिएको सम्बोधन रद्द गरेकी छन्।

कमला ह्यारिसका समर्थकको ठूलो संख्यामा उनको कार्यालयबाहिर जम्मा भएको अवस्थामा उनको चुनावी अभियानमा एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका छन्।

कमला ह्यारिसको कार्यालयबाहिर पहिलेको उत्साह अहिले कार्यकर्तामा देखिँदैन।

मतगणना जारी छ र कमला ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दुईवटा स्विङ स्टेट जितेका छन्। यसमा उत्तरी क्यारोलिना र जर्जिया समावेश छ।

कात्तिक २१, २०८१ बुधबार १२:३५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।