बिहीबार ०६ मंसिर, २०८१
सुनको मूल्य सामान्य बढ्दा चाँदीको मूल्य घट्यो
काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य सामान्य रुपमा बढेको छ।
मंगलबारको तुलनामा बुधबार सुन तोलाको तीन सय रुपैयाँ बढ्दा चाँदी तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार सुन तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ प्रतितोला थियो।
यसका अलावा बुधबार चाँदीको मूल्य तोलाको दुई हजार १५ रुपैयाँ छ। मंगलबार सुन तोलाको दुई हजार ३० रुपैयाँ प्रतितोला थियो।
कात्तिक २१, २०८१ बुधबार ११:५४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।