यु१९ राष्ट्रिय प्रतियोगिता : सुदूरपश्चिमले लुम्बिनीलाई दियो १२८ रनको लक्ष्य
काठमाडौं : नरेश श्रेष्ठ मेमोरियल यु१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२८ रनको लक्ष्य दिएको छ।
विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७.३ ओभरमा सबै विकेट गुमाएर मात्र १२७ रनमा समेटियो।
उसका लागि सुरुवाती तीन ब्याटरले राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरु सम्हालिन सकेनन्।
उसका लागि अभिषेक थापाले सर्वाधिक २९ रन बनाउँदा नरेन भट्ट २७, नरेन साउद १५, राजेर अय्यर १४ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
लुम्बिनीका सन्तोष यादवले पाँच, रमेश कुर्मीले तीन तथा शिव कुमारले एक विकेट लिए।
कात्तिक २१, २०८१ बुधबार ११:४४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।