सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी

सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी

काठमाडौं : पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन्। लामिछानेको पक्राउ विरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ।

मंगलबार भएको प्रदर्शनका क्रममा निषेधित घेरा तोडेको भन्दै १५ जनालाई पक्राउ गरिएको थियो भने भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्याससमेत प्रहार भएको थियो।

झाले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेकाप्रति घोर भर्त्सना गरेका छन्।

कात्तिक २१, २०८१ बुधबार १०:२३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।