मानव बेचबिखन मुद्दामा रेड नोटिस जारी भएका फरार एकजना कुवेतबाट पक्राउ
काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका-४ का दिलीप राउत पक्राउ परेका छन्।
एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई आज नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न इन्टरपोल शाखाको अनुरोधमा गत असोज १८ मा रेड नोटिस जारी भएको थियो।
उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जनाएको छ।
कात्तिक २०, २०८१ मंगलबार २१:१५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।