गाई-गोरू चराउन गएका बोटेलाई गैँडाले मार्यो

गाई-गोरू चराउन गएका बोटेलाई गैँडाले मार्यो

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। 

कृष्णसार सामुदायिक वनमा गाई-गोरू चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ। 

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीयले उपचारका लागि अस्पताल भर्ना गरेका थिए। 

तर, उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी जेशी शाहले बताए।   

कात्तिक २०, २०८१ मंगलबार १७:५०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।