ज्वरो आएपछि बालुवाटारमा आराम गर्दै प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्।
स्वास्थ्यमा प्रतिकूलता देखिएपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए।
सिलवालका अनुसार ओलीलाई ज्वरो आएको र उनको रगत परीक्षणका लागि पठाइएको छ।
अस्वस्थताका कारण आज उनको अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम राखिएको छैन।
कात्तिक २०, २०८१ मंगलबार १६:१०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।