थापाथली र कमलपोखरीमा छठ घाट निर्माणको कार्य तीव्र

थापाथली र कमलपोखरीमा छठ घाट निर्माणको कार्य तीव्र

काठमाडौं : छठ पर्वका अवसरमा नदी किनारा तथा तालहरू श्रृंगार गर्ने काम सुरू भएको छ। 

काठमाडौंमा पनि छठको तयारी सुरू भएको छ। काठमाडौंको थापाथली र कमलपोखरीमा छठका लागि तयारी धुमधामका साथ भइरहेको छ।

कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरू हुने बताइन्छ।

छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन्।

यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ। बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। 

यस वर्ष यही कात्तिक २२ मा यस पर्वको मुख्य दिन परेको छ। 

कात्तिक २०, २०८१ मंगलबार १५:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।