रविलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

रविलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ : सहकारी ठगी र सङ्गठित अपराधको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछानेको हिरासतको अवधि १० दिन थपिएको छ।

यस अगाडि अदालतबाट पाएको म्याद कात्तिक १४ मै सकिए पनि तिहार बिदाका कारण म्याद थप हुन सकेको थिएन। थपिएको म्यादको गणना यस अगाडि तिहार बिदा भन्दा अगाडि म्याद सकिएको दिनबाट सुरु हुने भएकाले म्यादको अवधि चार दिन बाँकी छ।

चार दिनपछि प्रहरीले कि मुद्दा बुझाउने या म्याद थप गर्नुपर्ने छ।  जिल्ला प्रहरी कार्यालयले रुपन्देहीमा रविलाई पठाउन पत्राचार गरिसकेको छ।

पहिलो पटक कात्तिक ४ मा अदालतमा पेश गरेकोमा ६ दिन म्याद दिएको थियो। कात्तिक ७ मा दोस्रो पटक  रविलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

आज सोमबार रविको म्याद थप्न अदालत ल्याउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर केहीलाई नियन्त्रणमा लिएको थियो।

कात्तिक २०, २०८१ मंगलबार १५:४१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।