निषेधित क्षेत्र तोडेपछि रविको समर्थनमा प्रदर्शन गरिरहेका सात जना पक्राउ

निषेधित क्षेत्र तोडेपछि रविको समर्थनमा प्रदर्शन गरिरहेका सात जना पक्राउ

पोखरा : पोखरामा आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछानेका सात जना समर्थक पक्राउ परेका छन्। 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई रिहाईको माग गर्दै आन्दोलन गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

पोखरास्थित जिरो किलोमा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा  प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

कात्तिक २ मा पक्राउ परेका रविलाई तेस्रो पटक म्याद थपका लागि उपस्थित गराइने भएपछि पार्टीका कार्यकर्ता र समर्थकले आज पोखरामा प्रदर्शन गरिरहेका छन्। 

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा भीडलाई तितरबितर पार्नका लागि प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन्।  

कात्तिक २०, २०८१ मंगलबार १५:२१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।