सलमान खानलाई फेरि ज्यान मार्ने धम्की, ‘बाँच्न मन भए बिश्नोई मन्दिरमा गएर माफी माग्नु वा पाँच करोड रुपैयाँ दिनू’
एजेन्सी : सलमान खानलाई मंगलबार बिहान फेरि अभिनेता लरेन्सको नाममा धम्की आएको छ।
मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए ज्यान लिने धम्की दिइएङ्को थियो।
रिपोर्टका अनुसार मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रुमले सोमबार राति (अक्टोबर ४) एक सन्देश प्राप्त गरेको थियो। मध्यरातमा एक अधिकारीले त्यो सन्देश प्राप्त गरेका थिए।
म्यासेजमा लेखिएको थियो, ‘यदि सलमान खान बाँच्न चाहन्छन् भने हाम्रो मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नु पर्छ। हाम्रो गिरोह अझै सक्रिय छ।’
लगातारको धम्कीका बीच सलमान
खान अहिले फिल्म सिकन्दरको सुटिङमा व्यस्त छन्। ज्यान मार्ने धम्कीका बीच अभिनेता फिल्मको सुटिङका लागि हैदरावादको प्रसिद्ध ताज फलकनुमा प्यालेसमा फर्किएका छन्।
अभिनेताको सुरक्षालाई ध्यानमा राख्दै दरबारमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ। ताज फलकनुमा दरबारलाई आकर्षक बत्तीहरूले सजाइएको थियो।
चलचित्रका टोली एक दिनअघि नै होटल पुगेका थिए। सुटिङको सम्पूर्ण तयारी पूरा भइसकेको छ। यही ठाउँमा सलमानकी बहिनी अर्पिता खानको विवाह भएको थियो।
कात्तिक २०, २०८१ मंगलबार १३:२०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।