माल्दिभ्सले पाकिस्तानबाट फिर्ता बोलायो आफ्नो उच्चायुक्त, कारण यस्तो
एजेन्सी : माल्दिभ्सले पाकिस्तानमा रहेका आफ्ना उच्चायुक्त मोहम्मद तोहालाई फिर्ता बोलाउने निर्णय गरेको छ।
अनुमतिविना तालिवान कुटनीतिज्ञलाई भेटेको भन्दै सरकारले तोहालाई फिर्ता बोलाउने निर्णय गरेको माल्दिभ्सको माल्दिभ्सको विदेश मन्त्रालयले जनाएको छ।
तोहाले नोभेम्बर १ मा इस्लामाबादमा तालिवान कूटनीतिज्ञ सरदार अहमद साकिबलाई भेटेका थिए। सो क्रममा दुई नेताबीच अफगानिस्तान–माल्दिभ्स सम्बन्धका बारेमा छलफल भएको थियो।
समाचार एजेन्सी एएफपीका अनुसार इस्लामाबादस्थित माल्दिभ्स मिशनको वेबसाइटबाट तोहाको नाम पनि हटाइएको छ।
माल्दिभ्सको स्थानीय सञ्चारमाध्यमका अनुसार तोहालाई यसै वर्ष जुलाईमा पाकिस्तानमा उच्चायुक्तको रूपमा पठाइएको थियो। माल्दिभ्स सरकारले तोहाविरुद्ध कारबाही गर्ने बताएको छ।
सन् २०२१ मा अफगानिस्तानको सत्तामा आएको तालिबानले धेरै देशसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने प्रयास गरिरहेको छ। पाकिस्तान, चीन, रुस र इरान जस्ता मध्य एसियाका धेरै देशहरूले अफगानिस्तानसँग कूटनीतिक सम्बन्ध शुरू गरेका छन्।
तर, काबुलमा सबै पश्चिमी देशका दूतावासमा ताला लगाइएको छ। दक्षिण एसियाको सबैभन्दा सानो इस्लामिक राष्ट्र माल्दिभ्सले तालिवानको शक्तिलाई अहिलेसम्म मान्यता दिएको छैन।
कात्तिक २०, २०८१ मंगलबार १२:४९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।