स्पेनको बार्सिलोनामा बाढीका कारण उडानहरू रद्द, रेल सेवा ठप्प
एजेन्सी : स्पेनको बार्सिलोना सहर सोमबार बाढीको चपेटामा परेको छ। स्पेनको मौसम विभागले बार्सिलोनाको क्याटानियालाई रेड अलर्टमा राखेको छ।
यस बाढीको प्रभाव स्पेनको दोस्रो ठूलो बार्सिलोना विमानस्थलमा पनि देखिएको छ, जसकारण ८० उडान रद्द र समय परिवर्तन भएका छन्। उक्त क्षेत्रमा अहिले रेल सेवा बन्द गरिएको छ।
गत हप्ताको शुरूमा स्पेनको भ्यालेन्सिया सहरमा भारी वर्षाका कारण कम्तीमा २१७ जनाको मृत्यु भएको थियो। त्यहाँको भूमिगत पार्किङमा फसेका मानिसहरूलाई बाढी राहतकर्मीहरूले अझै खोजिरहेका छन्।
स्पेनमा बाढी आएपछि राहत कार्यलाई लिएर जनतामा चर्को आक्रोश छाएको छ। बाढीको चेतावनीको भए पनि पूर्वतयारी नभएको भन्दै जनताले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
कात्तिक २०, २०८१ मंगलबार १२:१४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।