तिहारपछि तोलामै २८ सयले घट्यो सुनको मूल्य

तिहारपछि तोलामै २८ सयले घट्यो सुनको मूल्य

काठमाडौं : तिहार बिदाको पाँच दिनपछि खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ।

कात्तिक १५ गतेको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घट्दा चाँदीमा तोलाको ६० रुपैयाँ कमी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक १५ गते सुनको मूल्य एक लाख ७१ हजार रुपैयाँ कायम भएको थियो।

आज चाँदी तोलाको दुई हजार ३० रुपैयाँमा कारोबार हुँदा पाँच दिनअघि दुई हजार ९० रुपैयाँ प्रतितोला थियो।

तिहारको समयमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा कमी आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको व्यवसायी बताउँछन्।

कात्तिक २०, २०८१ मंगलबार ११:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।