जनकपुर बाोल्टको झुट : अमेरिकी घरेलु खेलाडीलाई श्रीलंकन भनेर प्रचार
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्टले अमेरिकी घरेलु खेलाडी लाहिरु मिलान्थालाई आफ्नो टिममा समावेश गरेको छ।
सामाजिक सञ्जालमार्फत बोल्टले यसबारे फ्यानलाई जानकारी गराएका छन्। सञ्जालमा बोल्टले उनी श्रीलंकन नागरिक भएको भन्दै गलत जानकारी गराएको छ।
३० वर्षीय मिलान्थाले यसअघि श्रीलंका इमर्जिङ टिम र श्रीलंका ‘ए’ टिमको सदस्य समेत भएका थिए।
अमेरिकी नागरिक भएपछि उनले अमेरिकी घरेलु लिगबाहेक कुनै पनि अन्तर्राष्ट्रिय खेलमा अमेरिकाको प्रतिनिधित्व गरेका छैनन्। मिलान्था श्रीलंकन मुलका अमेरिकी नागरिक हुन्।
उने अमेरिकामा २० ओभरको घरेलु क्रिकेट लिग ‘मेजर क्रिकेट लिग’मा तीन खेलमा मात्र ६५ रन जोडेका छन्।
आशिफ शेख मार्की प्लेयर रहेको टोलीमा अनिल शाह, ललित राजवंशी, हेमन्त धामी, शेर मल्ल, आकाश त्रिपाठी लगायतका स्वदेशी खेलाडी छन्।
यसैगरी विदेशी खेलाडीहरूमा मिलान्थासँगै न्यूजिल्यान्डका जेम्स निसम, अमेरिकाका जोस ट्रोम्प र पाकिस्तानका मोहम्मद मोसिन समावेश छन्।
लिग मंसिर १५ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुनेछ।
कात्तिक २०, २०८१ मंगलबार १०:११:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।