तिहार सकिएसँगै धान भित्र्याउने चटारो
हेटौंडा : तिहार सकिएसँगै मकवानपुरका किसानहरू नियमित कामकाजमा फर्कन थालेका छन्।
भाइटीकाको भोलिपल्ट देखि नै हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायत क्षेत्रका किसानहरू धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन्।
केही किसानले तिहार अघि नै धान भित्र्याइसकेका छन् भने केही धान भित्र्याउने चटारोमा छन्।
दिनहुँजसो पानी पर्ने संभावनाका कारण पनि किसान चिन्तीत बन्नुपरेको मकवानपुरगढीका किसान उत्तम सापकोटा बताउँछन्। खेतको धान भित्रयाएपछी तोरी, आलु, तरकारीहरु, मकै समेत किसानले लगाउने गरेका छन्।
पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्छ भनेर उनीहरू तिहारको टीका लगाएर धान भित्र्याउन खेतमा खटिएका हुन्।
बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्रयाउन व्यस्त छन्। वर्षभरको खर्च जुटाउने मुख्य बाली भएकाले घरै सुनसान हुने गरी खेतमा व्यस्त हुनुपरेको किसान बताउँछन्। पाकेको बाली त्यत्तिकै राख्दा झरेर जाने हुन्छ।
कात्तिक २०, २०८१ मंगलबार ०९:२७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।