विश्वकप लिग-२ : वर्षाका कारण अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे

विश्वकप लिग-२ : वर्षाका कारण अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे

काठमाडौं : नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टूको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेको छ।

सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो।

नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर शुरू भएको थियो।

स्कटल्यान्डसँगको १ अङ्कसहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अङ्क जोडेको छ। डिभिजन टुको अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ।

तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन्।

स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ। नामिबियाको १२ खेलमा १० अङ्क छ। ओमानको ९ खेलको ८ अङ्क छ। पुच्छारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ।

कात्तिक १९, २०८१ मंगलबार ०७:३२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।