घडिअर्वा पोखरीको झिलिमिली हेर्न भारतबाट समेत आउँछन् धर्मावलम्बी

घडिअर्वा पोखरीको झिलिमिली हेर्न भारतबाट समेत आउँछन् धर्मावलम्बी

वीरगन्ज  : दशैँ अनि तिहार सकिए लगत्तै छठको तयारी सुरु भएको छ। मुख्यतः मधेसवासीहरूमाझ लोकप्रिय यो पर्व अहिले मधेस अनि तराई मात्रै हैन पहाड अनि शहरी क्षेत्रमा पनि उत्तिकै धूमधामले मनाउन थालिएको छ।

नदी किनार अनि पोखरीको डिलमा बसेर मनाइने यो पर्वका लागि नदी किनार सफा गर्ने, पोखरी सफा गर्ने अनि सिंगार्नेक्रम सुरु भइसकेको छ। यही क्रममा वीरगन्जस्थित घडीअर्वा पोखरी पनि छठ पूजाका लागि सिङारिएको छ।

यहाँ पूजा अर्चना गर्न र पण्डाल तथा पोखरीको सजावट हेर्न भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन्। 

कात्तिक १९, २०८१ सोमबार १९:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।