संख्यामा रोचक अमेरिकी चुनाव

संख्यामा रोचक अमेरिकी चुनाव

एजेन्सी : स्विङ राज्य, निर्वाचक मण्डलका मत, मतपत्रमा माथिदेखि तलसम्मका उम्मेदवार र लाखौँ सम्भावित मतदाताहरू, यहाँ सङ्ख्यामा अमेरिकी चुनावको विश्लेषण गरिएको छ।

दुई
केही स्वतन्त्र उम्मेदवारले चुनाव लडे। कम्तीमा एक जना रोबर्ट एफ. केनेडी जुनियरले आँखीभौँहरू उचाल्ने खालका समाचार शीर्षकहरू बनाए।

तर अन्ततः राष्ट्रपति पदको दौड दुई विकल्पमा सीमित छ। प्रमुख पार्टीका दुई उम्मेदवारहरू डेमोक्रेट कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्प ध्रुवीकृत अमेरिकाको नेतृत्व गर्न प्रयासरत छन्।

पाँच 
नोभेम्बर ५, चुनाव दिन। परम्परागत रूपमा नोभेम्बरको पहिलो सोमबारपछिको मङ्गलबार।

सात 
स्विङ राज्यको सङ्ख्या, यी राज्यले कुनै एक पार्टीलाई स्पष्ट प्राथमिकता दिँदैनन् । अर्थात् तिनीहरू जित्न सकिने अवस्थामा छन्।

ह्यारिस र ट्रम्पले एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र विस्कन्सिनका मतदाताहरूलाई लोभ्याउँदै छन् र विजय सुनिश्चित गर्न त्यहाँ आफ्ना प्रचार प्रयासहरू केन्द्रित छन्।

अत्यन्त कडा प्रतिस्पर्धाको चुनावमा ती कुनै पनि राज्यमा केही मतले नै परिणाम निर्धारण गर्न सक्छ।

३४ र ४३५ 
मतदाताहरूले चुनावका दिन केवल ह्वाइट हाउस कब्जा गर्ने निर्णय गर्दैनन्। उनीहरूले अमेरिकी कंग्रेसलाई पनि ताजा बनाउनेछन्।

सिनेटका ३४ सिट र प्रतिनिधि सभाका सबै चार सय ३५ स्थान चुनावका लागि खुला छन्।

प्रतिनिधि सभामा सदस्यहरूको कार्यकाल दुई वर्षको हुन्छ। हाल रिपब्लिकनहरूको बहुमत छ र ह्यारिसका डेमोक्रेटहरूले परिवर्तनको आशा गर्नेछन्।

सिनेटमा एक सय सिटमध्ये ३४ सिट छ वर्षे कार्यकालका लागि उपलब्ध छन्। रिपब्लिकनहरूले डेमोक्रेटको सानो बहुमत उल्टाउने आशा गरिरहेका छन्।

५३८ 
संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचनलाई नियन्त्रण गर्ने सार्वभौमिक मताधिकार अप्रत्यक्ष प्रणाली निर्वाचक मण्डलमा स्वागत छ। 

प्रत्येक राज्यमा निर्वाचकहरूको फरक सङ्ख्या छ। जनसङ्ख्याअनुसार फरक हुने प्रतिनिधि सभाका निर्वाचित प्रतिनिधिहरूको सङ्ख्यामा सिनेटरहरूको सङ्ख्या (प्रति राज्य दुई) जोडेर गणना गरिन्छ।

उदाहरणका लागि रुरल भर्मोन्टमा जम्मा तीन निर्वाचक मत छन्। त्यसैगरी विशाल क्यालिफोर्नियामा ५४ छन्।

पचास राज्य र कोलोम्बिया जिल्लामा कूल पाँच सय ३८ निर्वाचक छरिएका छन्। ह्वाइट हाउस जित्न उम्मेदवारले दुई सय ७० मत जित्नुपर्छ।

७७४,००० 
पेव रिसर्च सेन्टरका अनुसार सन् २०२० को चुनाव सुचारू रूपले सञ्चालन भएको सुनिश्चित गर्ने मतदान कर्मचारीहरूको सङ्ख्या।

संयुक्त राज्य अमेरिकामा तीन प्रकारका चुनाव कर्मचारीहरू छन्।

मतदाताहरूलाई स्वागत गर्न, भाषामा सहयोग गर्न, मतदान उपकरण सेट गर्न र मतदाता आइडी र दर्ताहरू प्रमाणित गर्न नियुक्त गरिएका अधिकांश मतदान कर्मचारीहरू हुन्। 

पेवका अनुसार निर्वाचन अधिकारीहरू मतदान कर्मचारीहरूलाई तालिम दिने जस्ता विशेष कर्तव्यहरू पूरा गर्न निर्वाचित, नियुक्त वा मनोनीत गरिन्छन्।

मतदान पर्यवेक्षकहरू सामान्यतया राजनीतिक दलहरूद्वारा मतगणना अवलोकन गर्न नियुक्त गरिन्छन्। ट्रम्पले नतिजा बिना शर्त स्वीकार गर्न अस्वीकार गरेका कारण यस वर्ष विशेष रूपमा विवादास्पद हुने अपेक्षा गरिएको छ।

धेरै निर्वाचन कर्मचारीहरूले नोभेम्बर ५ को मतदानअघि आफूहरूले सामना गरिरहेको दबाब र धम्कीहरूका बारेमा एएफपीसँग पहिले नै कुरा गरिसकेका छन्।

सात करोड ५० लाख 
नोभेम्बर २ सम्म फ्लोरिडा विश्वविद्यालयको डाटाबेसअनुसार सात करोड ५० लाखभन्दा बढी अमेरिकीले अग्रिम मतदान गरिसकेका छन्।

अधिकांश अमेरिकी राज्यले मानिसहरूलाई नोभेम्बर ५ को मतदान दिनमा समय मिलाउन नसक्ने वा मतदान गर्न नसक्ने अवस्थाको सामना गर्न व्यक्तिगत मतदान वा हुलाक मतदानको अनुमति दिन्छन्।

२४ करोड ४० लाख 
बाइपार्टिसन पोलिसी सेन्टरका अनुसार सन् २०२४ मा मतदान गर्न योग्य हुने अमेरिकीहरूको सङ्ख्या। 

तीमध्ये कति जनाले वास्तवमै मतदान गर्नेछन् भन्ने कुरा हेर्न बाँकी नै छ। तर पेव रिसर्च सेन्टरका अनुसार सन् २०१८ र सन् २०२२ को मध्यावधि चुनाव तथा सन् २०२० को राष्ट्रपतीय मतदानले संयुक्त राज्य अमेरिकामा दशकौँयता देखिएका त्यस्तै प्रकारका तीन उच्चतम मतदान सहभागिता उत्पन्न गरेका थिए।

'मतदान-योग्य जनसङ्ख्याको लगभग दुईतिहाई (६६ प्रतिशत) सन् २०२० को राष्ट्रपति चुनावमा मतदान गर्न उपस्थित भए। यो सन् १९०० यताको कुनै पनि राष्ट्रिय चुनावको उच्चतम दर हो, पेवले आफ्नो वेबसाइटमा भनेको छ। 

जनगणना ब्युरोका अनुसार त्यो करिब १५ करोड ५० लाख मतदाता बराबर थियो। -(रासस/एएफपी) 

कात्तिक १९, २०८१ सोमबार १४:५१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।